जेनजी सहिद: छ वटा शव हेलिकोप्टरमार्फत् जिल्ला पठाइयो

काठमाडाैं | भदौ ३१, २०८२

जेनजी सहिद: छ वटा शव हेलिकोप्टरमार्फत् जिल्ला पठाइयो

काठमाडौं:   जेनजी प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका छ वटा शव विभिन्न जिल्ला पठाइएको छ।


भदौ २३ र २४ गते भएको प्रदर्शनका क्रममा सहादत प्राप्त गरेका शव विभिन्न जिल्ला पठाइएको हो।  


शव अन्तिम संस्कारका लागि भादौ ३१ गते नेपाली सेनाको हेलिकोप्टरमार्फत् सुनसरी, उदयपुर, सिराहा, धनकुटा र सङ्खुवासभा जिल्लामा लगिएको हो। 


मङ्गलबार केही शवको पशुपतिको आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। सरकारी तथ्याङ्क अनुसार जेनजी आन्दोलनमा प्रदर्शनकारी र सुरक्षाकर्मी गरी ७२ जनाको मृत्यु भएको थियो। 


सरकारले जेनजी आन्दोलनमा मृत्यु भएकालाई सहिद घोषणा गर्नुका साथै मृतकका परिवारलाई १५ लाख रुपियाँ उपलब्ध गराउने निर्णय गरेको छ।  साथै, सरकारले राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गर्ने र राष्ट्रिय शोक स्वरूप असोज १ गते सार्वजनिक बिदा दिने  निर्णय गरेको छ।

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्